प्रचण्डकी नातिनीको ‘मायालु तिमी कता छौं – २’ गीत सार्वजनिक


काठमाण्डु – स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वर रहेको गीत ‘मायालु तिमी कता छौं – २ (सिरिरी सिरिरी)’ सार्वजनिक भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीसमेत रहेकी स्मिताको गीतमा कलाकार पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको छ ।

गीतको शब्द प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका हुन् । संगीत गायक शिवाकोटीले नै दिएका छन् ।

म्युजिक भिडियोमा एरेन्ज साहस शाक्य, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ । छायाँकन नवराज उप्रेती, सम्पादन अर्जुन जिसी, कलर श्याम कार्की, कोरियोग्राफी विक्रम स्वारको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement