काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।
आज दिउँसो १ बजे बस्ने स्थायी कमिटी बैठक अगाडि नेता नेम्वाङले आइतबार बिहान प्रचण्डसँग भेट गर्न खुमलटार पुगेका हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको दूतको रुपमा प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
संसदीय दलका उपनेता समेत रहेका नेता नेम्वाङले प्रधानमन्त्री अोलीको धारणा सुनाएका थिए । उनले पार्टी एकता जोगाउन प्रधानमन्त्री चिन्तित रहेको प्रचण्डलाई सुनाएका थिए ।
नेम्वाङले भने, ‘पार्टी एकता जोगाउन प्रधानमन्त्री चिन्तित हुनुहुन्छ । विभाजन रोक्न तपाई (प्रचण्ड)को भूमिका पनि अपरिहार्य छ ।’
जवाफमा अध्यक्ष प्रचण्डले एकता जोगाउन आफू पनि चिन्तित रहेको बताएका थिए । उनले जनताको भरोसाको रुपमा रहेको पार्टी फट्न नदिनेमा आफू द्धृढ रहेको बताएका हुन् ।
स्थायी कमिटी बैठक आज दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।




प्रतिक्रिया