निवेदन बोकेर प्रचण्डसहितका नेताहरु सर्वोच्चमा

निवेदन बोकेर प्रचण्डसहितका नेताहरु सर्वोच्चमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

नेकपा बदर गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध पुनरावलोकन गर्न प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मंगलबार सर्वोच्च अदालत पुगेका हुन् ।

सर्वोच्चको फैसलाविरुद्ध यसअघि नै पुनरवलोकनमा जाने निर्णय गरे पनि माओवादी केन्द्र आन्तरिक परामर्शमा थियो । अदालतको फैसला चित्त नबुझे ६० दिनभित्र पुनरवलोकनमा जान सकिने कानुनी प्रावधान छ ।

सर्वोच्चले गत फागुन २३ गते नेकपा नामको विवादलाई किनारा लगाउँदै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताईदिएको थियो ।