प्रचण्डविरुद्ध परेको अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा

प्रचण्डविरुद्ध परेको अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ । सोमबार बिहान सर्वोच्च अदालतमा अध्यक्ष प्रचण्डविरुद्ध अधिवक्ता समिर बलामीले मुद्दा दर्ता गरेका थिए ।

न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने चेतावनी दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका हुन् ।

प्रचण्डले गत शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा सर्वोच्चले कारबाही नगरे आफुहरुले सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की विरुद्धको रिट निवेदनको सुनुवाइ पनि न्यायाधीश शर्माकै इजलासमा भएको थियो ।