प्रचण्डको अभिव्यक्ति आगोमा इन्धन हालेजस्तो : सूर्य थापा

प्रचण्डको अभिव्यक्ति आगोमा इन्धन हालेजस्तो : सूर्य थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै थापाले पार्टीका अध्यक्ष प्रचण्डप्रति कडा धारणा सार्वजनिक गरेका हुन् ।

थापाले उनको सार्वजनिक अभिव्यक्ति सदैव आगोमा पानी हालेर समस्या समाधानमूखी होइन, इन्धन हालेजस्तो अस्थिरता बढाउन लक्षितजस्तो र तरंगित पार्न उद्यत भएको महसुस गर्न सकिने उल्लेख गरेका छन् ।

मन्त्रीहरुप्रति पनि उनले आक्रोश पोखेका छन् । उनले लेखेका छन्, ‘सरकारका राम्रो कामको प्रतिरक्षा नै नगरी मन्त्रीहरु लोकसेवाबाट नाम निकालेर ३० वर्ष पूरै अवधि र ५८ वर्ष उमेर हदसम्म निरन्तर पदमा विराजमान हुन आएजस्तो रवाफ प्रदर्शन गरिरहेको पाइन्छ ।’

उनले बोल्नै नपर्ने विषयमा प्रधानमन्त्री र सल्लाहकारहरूको जवाफी फायरिङ चलेको उल्लेख गरेका छन् ।