काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धनले संविधान संशोधनबाट बहुदलीयको ठाउँमा २ दलीय बनाउने त होइन भन्ने शंका रहेको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘संविधान संशोधन र राजनीतिक स्थिरताका नाममा पछाडि फर्किनु हुँदैन । विगतका उपब्धिलाई रक्षा गर्दै सबै विभेद अन्त्यका लागि अगाडि बढ्नुपर्छ ।’
पछिल्ला घटनाक्रमले शंका उत्पन्न भएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति शंका गर्दै उनले भने, ‘उहाँले हुन्छ भन्दा हुन्न र हुन्न भन्दा हुन्छ भनेर बुझ्ने स्थिति छ ।’




प्रतिक्रिया