प्रचण्ड, उपेन्द्र र बाबुरामबीच चुनाव केन्द्रीत छलफल

प्रचण्ड, उपेन्द्र र बाबुरामबीच चुनाव केन्द्रीत छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा तीन नेताबीच आज बिहान भेटवार्ता भएको हो । यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जसपालाई माओवादीले निषेध गरेपछि वातावरण सहज बनाउने विषयमा तीन नेताबीच छलफल भएको बाबुरामको सचिवालयले जनाएको छ ।

जसपा मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका तराईका जिल्लामा मात्रै बढी प्रभाव भएका तर अन्य जिल्लामा कमजोर भएकाले त्यसमा माओवादीले निषेध गरेको छ । तीन शीर्ष नेताबीच चुनाव केन्द्रीत छलफल भएको हाे । ‘उहाँहरुबीच करिब १ घण्टा छलभयो । स्थानीय तहमा कसरी जाने भन्नेबारे छलफल गरिएको हो,’ स्रोतले भन्यो ।