माधव नेपालसँगको भेटपछि प्रचण्डले भने – पुरानो गठबन्धन ब्युँताउने फाइनल भएको छैन

माधव नेपालसँगको भेटपछि प्रचण्डले भने – पुरानो गठबन्धन ब्युँताउने फाइनल भएको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते भंग भएको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे अहिले कुनै टुंगो भइनसकेको बताएका छन्।

बिहीबार सिंहदबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि उनले यस्तो बताएका हुन् । ‘अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।’, दाहालले भने । त्यस्तै उनले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिएका छन् ।

आज भएको भेटवार्तामा माधव नेपाल र प्रचण्ड पुरानो गठबन्धन ब्युँताउनेबारे छलफल छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालसँग छलफलमा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी थिए ।

बुधबार अध्यक्ष नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । हिजो साझ कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ ।