‘भाट–भुटानी सरकार मुर्दावाद’ भन्दै काठमाडौंमा रवि समर्थकको प्रदर्शन

‘भाट–भुटानी सरकार मुर्दावाद’ भन्दै काठमाडौंमा रवि समर्थकको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा काठमाडौँमा विरोध प्रदर्शन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँको माइतीघर मण्डलामा शनिबार दिउँसो विरोध प्रदर्शन गरेको हो।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको भन्दै विरोध जनाएका हुन् ।

विरोध प्रदर्शनमा सहभागीहरुले ‘सहकारी पीडितलाई न्याय देउ’, ‘भाट–भुटानी सरकार मुर्दावाद’, ‘दुई तिहाइ तिम्रो पाराले दुःख पाए साराले’ लगायतका नारा लगाएका थिए।