रास्वपा काठमाण्डु सभापति प्रदीप विष्टले छाडे पार्टी

रास्वपा काठमाण्डु सभापति प्रदीप विष्टले छाडे पार्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाण्डुका सभापति प्रदिप विष्टले पार्टी छोडेका छन् ।

उनले बागमती प्रदेश समितिलाई लिखित राजीनामा बुझाउँदै पार्टी छाडेको घोाषणा गरेका हुन् । राजीनामा दिनुअघि विष्टले जिल्ला कार्य समितिको बैठक बोलाएर जानकारीसमेत गराएका छन् ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाण्डु –१० बाट उम्मेदवार बनेका उनले ८ हजार ७३९ मत ल्याएका थिए ।

पछिल्लो समय नेतृत्वपंक्तिको कार्यशैलीप्रति असन्तुष्ट रहेका उनले आगामी राजनीतिबारे भने केही खुलाएका छैनन् । उनको राजीनामा प्रदेश समितिले स्वीकृत गर्न बाँकी रहेको बताइन्छ ।

जेनजी आन्दोलनपछि रास्वपाका प्रभावशाली नेताहरूले धमाधम पार्टी छोडिरहेका छन् । कात्तिक २८ गते नेता सन्तोष परियार रास्वपाबाट बाहिरिएका थिए भने त्यसअघि सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी थिइन् ।