काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चाँडै मन्त्रिमण्डल पुर्नगठन हुने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका ज्ञवालीले अबको हप्ता १० दिनमा नै मन्त्रिमण्डल पुर्नगठन हुने बताएका हुन् ।
शुक्रबार प्रेस संगठन नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताका आधारमा मन्त्रिमण्डल पुर्नगठन गर्ने बताए ।
उनले नेकपाभित्रको विवाद समाधानका लागि मन्त्रिमण्डल पुर्नगठन गर्ने बताए । मन्त्री ज्ञवालीले असन्तुष्ट पक्षका नेताहरुलाई सम्बोधन गर्दै मन्त्रीहरु हेरफेर हुने बताए ।
‘हप्ता दश दिनमा मन्त्रिमण्डल पुर्नगठन हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्नुहुनेछ’, उनले भने ।
त्यस्तै उनले प्रदेशको मन्त्रिमण्डल पनि पुर्नगठन हुने बताएका छन् । मन्त्री ज्ञवालीले मुख्यमन्त्री फेरबदल नहुने बताए ।
मन्त्री ज्ञवालीले नेपाल विद्युत् प्राधीकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनः नियुक्ती नहुने बताएका छन् । उनले कानुनले नै कुलमानलाई पुनः नियुक्ती गर्न नदिने बताएका हुन् ।
त्यस्तै उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अनुमोदन हुने बताए ।




प्रतिक्रिया