कोरोना महामारीविरुद्धको लडाईंमा काठमाण्डु पछाडि पर्‍योः मन्त्री ज्ञवाली

कोरोना महामारीविरुद्धको लडाईंमा काठमाण्डु पछाडि पर्‍योः मन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले कठामाण्डु उपत्यका कोरोना भाइरसको संक्रमण नियन्त्रणमा पछि परेको बताएको छ ।

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्य जिल्लाको तुलनामा काठमाण्डु उपत्यका कोरोना नियन्त्रणमा असफल बनेको संकेत गरेका छन् ।

‘बाहिरी जिल्लामा कोरोना व्यवस्थापन राम्रै भए पनि काठमाण्डुमा प्रभावकारी भएन । काठमाण्डु धेरै हिसाबले देशलाई नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने जिल्ला वा राजधानी शहर हो । हरेक राजनीतिक, सामाजिक पविर्तनहरुमा यसले केही भूमिका खेलेको छ । तर कता कता महामारीविरुद्धको लडाईंमा काठमाण्डु पछाडि परेको जस्तो देखिँदैछ’ उनले भने ।

मन्त्री ज्ञवालीले काठमाण्डु उपत्यकाका आम नागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्न आग्रह गरेका छन् ।

उनले ४० लाखभन्दा बढी जनसंख्या भएको काठमाण्डुमा कोरोना अनियन्त्रित बनेमा अवस्था भयावह हुने चेतावनी दिए । उनले संक्रमितमध्ये ६० प्रतिशत काठमाण्डुमै रहेका र क्रिटिकल केयर चाहिने थप क्षमता बढाइउको बताए । ‘नागरिकको सचेतता अनिवार्य छ । हाम्रो सामर्थ्य बढ्दै गएको छ, तर जुन अनुपातमा संक्रमितको संख्या बढेको छ । त्यसले चुनौती थपेको छ’ मन्त्री ज्ञवालीले भने ।

उनले नागरिकहरुलाई पसल र सार्वजनिक स्थानमा भिडभाड नगर्न र काठमाण्डु उपत्यकाको स्थिति भयावह नबनाउन पनि आग्रह गरेका छन् । मन्त्री ज्ञवालीले यसवर्षको दशैं जो जहाँ छौं त्यही बसेर मनाउन पनि आग्रह गरेका छन् । ‘हाम्रा बुवा आमा हजुरबुवा हजुरआमाहरुको संरक्षण गर्नुपर्छ । हाम्रो शीरमा सदाका लागि रहिरने हातहरु सदाका लागि नहुन सक्छन’, उनल े भने ।