नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैनः परराष्ट्रमन्त्री ज्ञवाली

नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैनः परराष्ट्रमन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको औपचारिक नाम नेपाल नै भएको बताएका छन् । उनले नेपालको अगाडि विशेषण जोड्नु आवश्यक नभएको बताएका छन् ।

सोमबार बसेको राज्यव्यवस्था समितिको बैठकमा मन्त्री ज्ञवालीले नयाँ संविधान जारी भएको अवस्थामा पनि नेपालको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने व्यवस्था नभएको बताएका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई हामीले अवलम्बन गरेको राज्य प्रणाली भएको छ । र सरकारले राज्य प्रणालीबारे नभई नामका सम्बन्धमा निर्णय गरेको छ’, उनले भने, ‘यसलाई पोलिटिकल सिस्टमसँग जोडेर कतै सरकारले पोलिटिकल सिस्टममाथि नै प्रश्न उठाउन खोजेको हो कि ? अथवा सरकारको संघीयता लोकतान्त्रिक गणतन्त्रको निष्ठामा कमी आउन खोजेको हो कि भन्ने अर्थ लगाउनु अनुचित हुन्छ ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र व्यक्तिगत यथार्थ हो, यसलाई कसैले पनि परिर्वतन गर्न नसक्ने बताएका छन् । ‘त्यसमाथि त्यो पोलिटिकल सिस्टम परिर्वतनका लागि दुई तिहाई बहुमतले संविधान संशोधन गर्नुपर्छ’, उनले भने, ‘नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैन ।’