काठमाण्डुमा भाजपा नेताको राजनीतिक भेटवार्ता तिव्र, परराष्ट्रमन्त्री ज्ञवालीलाई भेटे

काठमाण्डुमा भाजपा नेताको राजनीतिक भेटवार्ता तिव्र, परराष्ट्रमन्त्री ज्ञवालीलाई भेटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान भएको भेटका क्रममा नेपाल र भारतबीचका आपसी हितका विषयमा छलफल भएको चौथाइवाले बताएका छन् । उनले मन्त्री ज्ञवालीसँग दुई देशबीच आपसी हितका विषयमा छलफल गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा बिहीबार नेपाल आएका चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनीहरुबीच दुई देशको बीचमा जनस्तरमा रहेको सम्बन्धलाई सुदढ बनाउने विषयमा कुराकानी भएको छ ।

पछिल्लो समय नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला चौथाइवाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री शशांक कोइराला, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, नेता उपेन्द्र यादव लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।