एमसीसीमा हामीले २०१७ मा सही नै गरिसकेका थियौं : परराष्ट्रमन्त्री

एमसीसीमा हामीले २०१७ मा सही नै गरिसकेका थियौं : परराष्ट्रमन्त्री


काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा अनावश्यक शंकामात्र गरिएको बताएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले एमसीसीलाई अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोड्न आवश्यक नभएको बताए ।

‘इन्डो प्यासिफिक रणनीति २०१७ बाट सुरु भएको देखिन्छ तर एमसीसीमा हामीले २०१७ मा सही नै गरिसकेका थियौं’ उनले भने ‘बनको बाघले खाओस् नखाओस् मनको बाघले खाएको जस्तो देखिन्छ । एमसीसीलाई इन्डो प्यासिफिकसँग जोड्न आवश्यक छैन ।’

मन्त्री ज्ञवालीले संसदको अहिलेको अधिवेशनबाट एमसीसी पारित हुने बताए । ‘नयाँ सदनमा एमसीसी हुने गरी अगाडि बढाइन्छ । अनुमोदन हुन्छ त्यसमा अलमलिनुपर्दैन’ उनले भने ।

एमसीसीसँग सम्झौता हुँदा नेपालमा राजनीतिक दलहरुबीच विकासमा पनि तिक्ततापूर्ण सम्बन्ध भएका कारण बृहत्तर सहमतिको खोजीका लागि संसदबाट अनुमोदनको प्रावधान राखिएको हुन सक्ने मन्त्री ज्ञवालीले बताए ।