गुल्मी – परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक समस्याले बिग्रह नआउने बताएका छन् । शनिबार गृह जिल्ला गुल्मी पुगेका मन्त्री ज्ञवालीले नेकपाभित्रको विवाद चाँडै अन्त्य हुने दाबी गरेका छन् ।
‘शान्ति प्रक्रिया र सशस्त्र संघर्षबाट आएका दुई पार्टीको भावना समेट्न दुई अध्यक्ष बनाइएको हो,’ उनले भने, ‘आग्रह र उत्तेजनामा आएर, एकताको जगमा प्रहार गरेर भत्काउन पाइँदैन । नेकपा घरको धुरी खाँबो हो । भत्किए खाँबो मात्रै भाँचिदैन ।’
त्यस्तै उनले भारतले कूटनीतिक गम्भीरता नबुझेको बताएका छन् । भारतले कूटनीतिक गम्भीरता विपरित सडक विस्तार गरेको बताएका हुन् ।
त्यस्तै मन्त्री ज्ञवालीले सरकारले भारतले अतिक्रमण गरेको भूभाग फिर्ता ल्याउन सरकारले पहल गर्ने बताएका छन् । उनले राष्ट्रिय अखण्डताको विषयमा सबै दलबीच अभुतपूर्व एकता गरी नयाँ नक्सा जारी गरेको बताएका छन् ।




प्रतिक्रिया