काठमाण्डु – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले ‘पटक–पटक असफल’ भइसकेका देउवालाई ‘म कसरी शुभकामना भनौँ’ भनेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता ज्ञवालीले पटक पटक असफल भएका देउवालाई आफुले शुभकामना दिन नसक्ने बताएका हुन् ।
‘इतिहास दुइपटक दोहोरिन्छ । अहिले इतिहास विद्रुप भएर दोहोरिएको छ । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार नीति तथा कार्यक्रममा कांग्रेसकै ३६ जना सांसद अनुपस्थित भएर सरकार नै ढल्यो । ५३ सालमा शेरबहादुर देउवाजी नै प्रधानमन्त्री हुनुहुन्थ्यो,’ उनले भने ।
‘आफ्नै दलका दुइजना अनुपस्थित भएर सरकार ढल्यो । ५९ साल जेठमा संकटकालिन प्रस्तावमा उहाँकै पार्टीले समर्थन गरेन । पछि उहाँलाई चुनाव गराउन नसकेको आरोपमा पदबाट बखास्थ गरियो । त्यसैले पहिले तीन–तीन पटक दल विभाजन भएर सरकारबाट बाहिरिएका शेरबहादुर देउवा अहिले ७६(५)को अपव्याख्याबाट प्रधानमन्त्री बन्नुभएको छ । २००६ सालमा स्थापित कम्युनिस्ट पार्टीलाई ८ सालमा कांग्रेससमेत संलग्न सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसपछि त कत्ति कत्ति । त्यसैले हामीलाई प्रतिपक्षमा बस्नु र प्रतिबन्धित हुनु सामान्य लाग्छ ।’




प्रतिक्रिया