गुट उपगुट बनाएर पार्टी विवादमा घिउ नथपौंः परराष्ट्रमन्त्री ज्ञवाली

गुट उपगुट बनाएर पार्टी विवादमा घिउ नथपौंः परराष्ट्रमन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा गुट–उपगुट बनाएर अनावश्यक रुपमा सामाजिक सन्जालहरु नरङ्ग्याउन सुझाव दिएका छन् ।

नेकपाका नेता बोमबहादुर खड्काको शोक सभालाई शनिबार गुल्मीको नयाँगाउँमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले पार्टीमा देखिएको विवाद बैठकको माध्यमबाट समाधान हुने भन्दै उनले पार्टी विवादमा घिउ नथप्न आग्रह गरेका छन् ।

मन्त्री ज्ञवालीले भ्रष्टाचार गर्ने आफ्ना वा जो कोहीलाई वर्तमान सरकारले पाता फर्काएर जेल हाल्ने बताउने बताए । उनले भने, ‘वर्तमान सरकारले भ्रष्टाचार गर्ने आफ्ना वा अरु जो कोहीलाई पनि जेल हाल्छ ।’