काठमाण्डु – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रवक्ताको जिम्मेवारी प्रदीप पौडेललाई दिएको छ । समिति सदस्य रहेका पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको समिति सचिव केशव रिजालले जानकारी दिए ।
समितिको औपचारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रमेश लेखक संयोजक रहेको छानबिन समितिमा पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका छन् ।
समितिले असार मसान्तभित्र सदस्यता छानविन टुंग्याएर केन्द्रीय समितिलाई अन्तिम सूची बुझाउने बताएको छ । महाधिवेशन कार्यतालिकामा भने छानविन समितिलाई आजसम्मको म्याद दिइएको थियो ।




प्रतिक्रिया