भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई ढाकछोप वा चोख्याउने काम नहोस् : प्रदीप पौडेल

भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई ढाकछोप वा चोख्याउने काम नहोस् : प्रदीप पौडेल

अनुसन्धानलाई कांग्रेसले पूर्णरूपमा सहयोग गर्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप वा चोख्याउने काम गर्न नहुने बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप वा चोख्याउने काम गर्न नहुने बताएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-’नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्णरूपमा सहयोग गर्नुपर्छ । कोही कसैले वा कहीं कतैबाट प्रभावित गर्ने काम हुनुहुँदैन । प्रकरणमा संलग्न जोकोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् । ‘

उनले यो विषयमा अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुन कठघरामा ल्याउनुपर्ने बताएका छन्। घटनामा नातावाद र कृपावादमा नपरी निष्पक्ष दृढतापूर्वक सरकार अगाडि बढ्‍नुपर्ने बताएका छन्।

‘को कुन पार्टीमा छ,कोसँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस् । अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस् । अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढतापूर्वक सरकार अगाडि बढोस् । ‘

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्‍त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन्। प्रहरीले खाँडलाई आज बिहान उनकै निवासबाट पक्राउ गरेको हो।योसँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।