काठमाण्डु– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीको बावजुत राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न नेपाल सफल हुने दाबी गरेका छन् ।
काठमाण्डुमा नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवमा बोल्दै मन्त्री ज्ञवालीले नेपालले केही ठूला प्रकृतिक विपत्ति र महामारीले चुनौती थपे पनि सन् २०३० को अन्त्यसम्म दिगो विकासको लक्ष्य हासिल गर्न नेपाल सफल हुने बताएका हुन् ।
उनले नेपालमा विकास अनुसन्धान प्रतिष्ठानजस्ता संस्थाहरुले नेपालको विकासको सम्भावना र चुनौती पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि बताए ।
नेपालको विकासमा अध्ययन अनुशन्धानको ठूलो महत्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अडचन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने बताए ।




प्रतिक्रिया