प्रदेश १ः हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी

प्रदेश १ः हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ सरकारले जारी सातौं हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । प्रतिपक्षी दलहरुले अवरोध जारी राखेपछि प्रदेश १ सरकारले अधिवेशन अन्त्यको तयारी गरेको हो ।

आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए । जारी सातौं हिउँदे अधिवेशनको आठौं बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिपक्षी दलहरु भने आइतबारको बैठक चल्न नदिने पक्षमा छन् । सत्ता पक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण बैठक अवरुद्ध हुने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु राख्नुपर्ने लगायतका माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।