एमालेको बहिस्कारपछि प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

एमालेको बहिस्कारपछि प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदले बैठक बहिस्कार गरेपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर नेकपा एमालेले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दलाई कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु बैठक रोक्न असहमत भए ।

त्यसपछि बसेको बैठकमा एमालेका एक जना पनि सांसद सहभागी नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । सभामुख भण्डारीले बुधबारको बैठकमा उपस्थित हुन एमालेका सांसदलाई निर्देशन समेत दिएका छन् ।

मुख्यमन्त्री राईले भोलि बस्ने बैठकमा विश्वासको मत लिनेछन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि उनले प्रदेशसभाबाट आज विश्वासको मत लिन लागेका थिए । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए ।