प्रदेश १ः प्रदेश सभा बैठकमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पेश हुने

प्रदेश १ः प्रदेश सभा बैठकमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पेश हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइतबार बस्ने प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने भएको छ । मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने प्रदेश सचिवालयले जनाएको छ ।

यससअघि आजै बिहान भएको छलफलमा मुख्यमन्त्री राईले आज बस्ने संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए । तर सभामुखले भने अस्वीकार गर्दै कार्यसूची प्रकाशन गरेका हुन् ।

यता मुख्यमन्त्री र उनी पक्षका सांसदको बैठक मुख्यमन्त्री कार्यालयमा जारी छ । बैठकमा सदन वहिष्कार गर्ने कि, बैठक अवरोध गर्ने ? भन्ने विषयमा छलफल भइरहेको छ । यद्यपी कुनै निष्कर्षमा पुगेका छैनन् ।