प्रदेश १ का २८ निर्वाचन क्षेत्रमा एमालेबाट उम्मेदवार सिफारिस, कुन जिल्लाबाट को ? (सूचीसहित)

प्रदेश १ का २८ निर्वाचन क्षेत्रमा एमालेबाट उम्मेदवार सिफारिस, कुन जिल्लाबाट को ? (सूचीसहित)

१३ नेता एकल सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले प्रदेश १ का सबै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।

एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेश १ को २८ निर्वाचन क्षेत्रका लागि ७४ जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये १३ जना सर्वसम्मत रुपमा एकल सिफारिस भएका छन् ।

एमालेबाट एकल सिफारिस हुनेमा पाँचथरबाट वसन्तकुमार नेम्वाङ, इलाम–१ बाट महेश बस्नेत, इलाम–२ बाट सुवासचन्द्र नेम्वाङ, झापा–१ बाट रविन कोइराला, झापा–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली, धनकुटाबाट राजेन्द्रकुमार राई, मोरङ–२ बाट ऋषिकेश पोखरेल, मोरङ–३ बाट भानुभक्त ढकाल, मोरङ–४ बाट विनोद ढकाल, सुनसरी–१ बाट जयकुमार राई, सुनसरी–३ बाट भगवती चौधरी, सुनसरी–४ बाट जगदिश कुसियैत र सोलुखुम्बुबाट मानवीर राई छन् ।

कहाँबाट को ?

ताप्लेजुङ १ बाट योगेश भट्टराई, तिलकुमार मेन्याङ्बो, पासाङ सेर्पा, टंक आङबोहाङ र रामप्रसाद सुवेदी सिफारिस भएका छन् । त्यस्तै ताप्लेजुङबाट बसन्त नेम्वाङ, इलाम १ बाट महेश बस्नेत, २ बाट सुवासचन्द्र नेक्वाङ, झापा १ बाट रविन कोइराला, २ बाट अग्नी खरेल, देवराज घिमिरे, पवित्रा निरौला र ध्रुव सिवाकोटी रहेका छन् ।

त्यस्तै क्षेत्र ३ बाट दुर्गा प्रसाई, मोहन रेग्मी, हरि घिमिरे, लोकनाथ घट्टराई, गंगादेवी धमला, ४ बाट होम प्रसाद गौतम, लाल प्रसाद सावा, हिराकुमार थापा, भोजकुमारी नेपाल, चन्द्रकुमार शेर्मा, ५ बाट केपी शर्मा ओली सिफारिस भएका छन् । यता संखुवासभा १ बाट राजेन्द्रप्रसाद गौतम, डा.अर्जुन कार्की, तुलसी न्यौपाने, शेरबहादुर कार्की, छत्रजंग बहादुर कार्की, लेखनाथ बुढाथोकी सिफारिस भएका छन् ।

तेह्रथुम १ बाट तेजमान कन्दङवा, डा.विजय सुब्बा, धनकुटा श्याम खतिवडा, शिवमाया तुम्बाहाम्फे,राजेन्द्र पौडेल, अग्नी भट्टराई, रुद्रबहादुर तामाङ छन् । २ बाटऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल, ४ बाट विनोद ढकाल५ बाट योगेन्द्र मण्डल, मनोज अग्रवाल, राधादेवी पासवान, ६ बाट लालबाबु पण्डित, टिकाराम पुरी सिफारिस भएका छन् । सुनसरी १ बाट जयकुमार राई २ बाट भीम आचार्य, रेवतीरमण भण्डारी,३ बाट भगवती चौधरी, ४ बाट जगदिश कुसियैत सोलुखुम्बु १ बाट मानवीर राई सिफारिस भएका छन् ।

उदयपुरबाट मञ्जुकुमारी चौधरी, डा देवराज रोका, बिमल कार्की, सुरेश तामाङ, २ बाट सैलेस लामा, अम्बर बहादुर रायमाझी, वेदप्रसाद पोखरेल, कला घले, प्रेम गौतम, भेषराज थापा, ज्ञानेन्द्र श्रेष्ठलाई सिफारिस गरिएको छ । यता खोटाङ १ बाट विशाल घट्टराई, खगेन्द्र राई उषाकला राई, रमेश पौडेल, पाँचकर्ण राई, राजन ढकाल, देवान राई रहेका छन् । ओखलढुंगा १ बाट यज्ञराज सुनुवार र अम्बिरबाबु गुरुङ सिफरिस भएका छन् ।