बिराटनगर – प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रले प्रदेशसभाको सोमबारको बैठकमा भौतिक योजना मन्त्री अम्बिरबाबु गुरूङले रोष्टमबाटै माफी माग्नुपर्ने भन्दै विरोध गरेको थियो ।
माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राई मन्त्रीले माफी नमागेसम्म बैठक अवरूद्ध हुने भनेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार दिउँसो १२ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री गुरूङले माओवादी सांसद मोहन खड्काको नाम तोकर ‘सदनमा सुध्रेर आउन’ भनेका थिए । यसलाई माओवादी केन्द्रले मन्त्रीको अमर्यादित प्रस्तुति भन्दै माफी माग्न माग गरेको छ ।




प्रतिक्रिया