प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसले बैठक स्थगित गर्न निवेदन दिएपछि सभामुखले कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

‘कात्तिक ७ गते आइतबार दिनको १२ः३० बजे बस्ने गरी कार्यसूची समेत निर्धारण गरी तोकिएकोमा उक्त बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेको मिति परिवर्तन गरी पाउँन लिखित अनुरोध भई आएका कारण प्रदेश सभा निमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति २०७८/०७/०७ का लागि निर्धारण गरिएको कार्य सूची बमोजिम नै हुने गरी मिति २०७८ कात्तिक १५ गते सोमबार दिनको १२ः३० बजे बैठक बस्ने’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।