प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते गर्ने निर्णय

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन जेठ २४ गते दिउँसो २ बजे आह्वान गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको जानकारी दिए । अधिवेशन आह्वान र अन्त्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।