प्रदेश १ मा ३२ पालिका जित्दै कांग्रेसको अग्रता, एमाले पछ्याउँदै (विवरणसहित)

प्रदेश १ मा ३२ पालिका जित्दै कांग्रेसको अग्रता, एमाले पछ्याउँदै (विवरणसहित)

फाइल तस्विर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । जसमा प्रदेश १ का १४ जिल्लाका स्थानीय तहमा हालसम्म नेपाली कांग्रेसले अग्रता कायम गर्न सफल भएको छ ।

काँग्रेसले प्रदेश १ का ३२ स्थानीय तहमा जित हासिल गरेको छ भने ३२ स्थानीय तहमा अग्रता कायम गरेको छ । दोश्रो स्थानमा रहेको एमालेले १६ स्थानीय तह जितेको छ भने २८ स्थानीय तहमा अग्रस्थानमा रहेको छ ।

यस्तै माओवादी केन्द्रले ८ स्थानीय तह जितेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले एक स्थानीय तहमा जितेको छ भने २ वटामा अग्र स्थानमा रहेको छ ।

जनता समाजवादी पार्टीले १ स्थानीय तह जितेको छ भने १ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानीय तहमा अग्रता हासिल गरिरहेको छ ।

कसले कहाँ जिते ?

ताप्लेजुङमा ४ स्थानीय तह काँग्रेसले जितेको छ । एमालेले ३ स्थानीय तह जितेको छ भने माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ । पाँचथरमा काँग्रेसले ४ स्थानीय तह जितेको छ भने ३ मा अग्रता लिएको छ । माओवादी केन्द्रले १ स्थानीय तहमा अग्रता लिएको छ ।

इलाममा २ स्थानीय तह काँग्रेसले जितेको छ भने ३ तहमा अग्रता लिएको छ । एमालेले १ स्थानीय तह जितेको छ भने २ मा अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा अग्रता लिएको छ ।

झापामा ६ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ । एमालेले ७ स्थानीय तहमा अग्रता लिएको छ । २ स्थानीय तहमा राप्रपाले अग्रता लिएको छ ।

संखुवासभामा ५ स्थानीय तहमा काँग्रेसले जितेको छ । एमालेले २ स्थानीय तह जितेको छ २ स्थानीय तहमा अग्रता लिएको छ । तेह्रथुममा काँग्रेसले ३ स्थानीय तह जित्दा एमालेले पनि ३ स्थानीय तह जितेको छ ।

भोजपुरमा ३ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने १ स्थानीय तहमा जितेको छ । यस्तै एमालेले २ स्थानीय तह र माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ ।

धनकुटामा ३ स्थानीय तहमा काँग्रेसले जितेको छ भने २ वटामा अग्रता लिएको छ । यस्तै एमालेले एउटा पालिका जितेको छ भने एउटामा अग्रता लिएको छ ।

मोरङमा काँग्रेसले १ स्थानीय तह जितेको छ भने ५ स्थानीय तहमा अग्रता लिएको छ । एमालेले १० स्थानीय तहमा अग्रता लिइरहेको छ ।

उदयपुरमा काँग्रेसले १ स्थानीय तहमा अग्रता लिएको छ । एमालेले ३ स्थानीय तहमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले ३ स्थानीय तह जितेको छ भने नेकपा एकीकृत समाजवादीले १ स्थानीय तह जितेको छ ।

ओखलढुङ्गामा २ स्थानीय तह काँग्रेसले जितेको छ भने एउटा स्थानीय तहमा अग्रता लिएको छ । एमालेले १ स्थानीय तह जितेको छ भने एउटा स्थानीय तहमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्र,जनता समाजवादी र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानीय तह जितेका छन् ।

खोटाङमा काँग्रेसले ४ स्थानीय तह जितेको छ भने २ वटामा अग्रता लिइरहेको छ । एमाले र माओवादी केन्द्रले दुई दुई स्थानीय तह जितेका छन् ।

सोलुखुम्बुमा काँग्रेसले ३ स्थानीय तह जितेको छ । एमालेले २ स्थानीय तह जितेको छ भने एउटामा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले १ स्थानीय तह जितेको छ ।

सुनसरीमा ६ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ । एमालेले ५ स्थानीय तहमा अग्रता लिएको छ । जनता समाजवादी पार्टीले एक स्थानीय तहमा अग्रता लिएको छ ।