प्रदेश १ मा कुन दलले कति स्थानीय तह जिते ? (सूचीसहित)

प्रदेश १ मा कुन दलले कति स्थानीय तह जिते ? (सूचीसहित)

फाइल तस्विर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । जसमा प्रदेश १ का १३७ स्थानीय तहमध्ये १०७ तहको नतिजा सार्वजनिक भएको छ ।

०७४ सालको स्थानीय तहमा जितको धरै स्थानीय तह एमालेले गुमाएको छ भने कांग्रेसले एमालेले जितेका स्थानीय तहमा समेत जित निकालेको छ । १०७ स्थानीय तहको मतगणना सकिँदासम्म नेपाली कांग्रेस ५५ तह जित्दै पहिलो पार्टी बनेको छ । एमालेले अहिलेसम्म ३४ स्थानीय तह जितेको छ ।

नेकपा र एमालेको विभाजन तथा सत्तारुढ दलको चुनावी गठबन्धनको कारण कांग्रेसले स्थानीय चुनावमा प्रदेश १ राम्रो फाइदा उठाएको छ । पछिल्लो नतिजा अनुसार कांग्रेस ५५ स्थानीय तह प्रमुख र अध्यक्ष र ३६ वटा उपप्रमुख÷उपाध्यक्ष पद जितेको छ । २०७४ मा कांग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जीत हासिल गरेको थियो ।

२०७४ को निर्वाचनमा प्रदेश १ मा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले यस पटक दोस्रो स्थानमा खुम्चिने देखिएको छ । एमालेले हालसम्म ३४ वटा प्रमुख र अध्यक्ष र ४२ उपप्रमुख÷उपाध्यक्ष पद जितेको छ ।

नेकपा माओवादी केन्द्रले प्रमुख/अध्यक्षमा १२ र उपप्रमुख/उपाध्यक्षमा २० वटा जितेको छ । अघिल्लो निर्वाचनमा जम्मा ९ स्थानीय तह जितेको उसले यस पटक थप ३ स्थानीय तह जितिसकेको छ ।

अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको राप्रपाले अहिलेसम्म १ तहको प्रमुख र २ उपप्रमुख जितेको छ । अघिल्लो पटक २ स्थानीय तह जितेको जसपा (तत्कालीन संघीय समाजवादी फोरम)ले यस पटक २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ ।

प्रदेश १ मा अहिलेसम्म २ जना स्वतन्त्र उम्मेदवारले प्रमुख/अध्यक्ष पदमा जीत हासिल गरेका छन् । नेकपा एकीकृत समाजवादीले १ प्रमुख र अध्यक्ष र ५ स्थानमा उपप्रमुख र उपाध्यक्ष जितेको छ ।

अहिलेसम्म प्रदेशका उदयपुर, इलाम, मोरङ, सुनसरी र झापाबाहेक ९ वटा जिल्लाको सबै पालिकाको मतगणना सम्पन्न भइसकेको छ । इलामको २, उदयपुरका २, मोरङका ९, सुनसरीका ९ र झापाका १० सहित ३२ स्थानीय तहको परिणाम आउन बाँकी छ ।

१३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ६९, नेपाली काँग्रेसले ५४ फोरम लोकतान्त्रिकबाट जितेका सहित माओवादी केन्द्रले ९, राप्रपाले ३ र जसपाले २ पालिकामा जित हासिल गरेका थिए ।

भोजपुर

१. राप्रसाद राई– गाउँपालिका

अध्यक्षः थामबहादुर राई माओवादी

उपाध्यक्षः वीरेन्द्र राई काँग्रेस

२. अरूण गाउँपालिका

अध्यक्षः शालिकराम खत्री काँग्रेस

उपाध्यक्षः बिनिता ढकाल काँग्रेस

३. साल्पासिलिछो गाउँपालिका

अध्यक्षः दौलथकुमार कुलुङ राई स्वतन्त्र

उपाध्यक्षः अस्मिता कुलुङ राईकाँग्रेस

४. आमचोक गाउँपालिका

अध्यक्षः अशोक राई माओवादी

उपाध्यक्षः सीता राई माओवादी

५. हतुवागढी गाउँपालिका

अध्यक्षः प्रेमकुमार राई एमाले

उपाध्यक्षः सुनिता राई माओवादी

६. पौवादुङ्मा गाउँपालिका

अध्यक्षः किरण राई एमाले

उपाध्यक्षः ज्योत्सना राई एमाले

७. षडानन्द नगरपालिका

प्रमुखः सुरेन्द्रकुमार उदास एमाले

उपप्रमुखः प्रमिला राई माओवादी

८. भोजपुर नगरपालिका

प्रमुख कैलाशकुमार आले काँग्रेस

उपप्रमुखः निर्मला शेर्पा एमाले

९. टेम्केमैयुङ गाउँपालिका

अध्यक्षः सरोज बस्नेत काँग्रेस

उपाध्यक्षः रमादेवी राई एमाले

सोलुखुम्बु

१० माप्य दूधकोशी गाउँपालिका

अध्यक्षः बुद्धिकिरण राई एमाले

उपाध्यक्षः गौरव राई माओवादी

११ महाकुलुङ गाउँपालिका

अध्यक्षः सूर्यबहादुर राई काँग्रेस

उपाध्यक्षः विपना कुलुङ काँग्रेस

१२ सोताङ गाउँपालिका

अध्यक्षः खिलराज बस्नेत काँग्रेस

उपाध्यक्षः अञ्जु नाछिरिङ राई काँग्रेस

१३थुलुङ दूधकोशी गाउँपालिका

अध्यक्षः असिम राई माओवादी

उपाध्यक्षः सविता राई माओवादी

१४ लिखुपिके गाउँपालिका

अध्यक्षः मिनादेवी कार्की काँग्रेस

उपाध्यक्षः डावाङ लाक्पा शेर्पा काँग्रेस

१५ खुम्वु पासाङल्हामु गाउँपालिका

अध्यक्षः मिङ्मा छिरी शेर्पा एमाले

उपाध्यक्षः टासी ल्हामु शेर्पा एमाले

१६ नेचा सल्यान गाउँपालिका

अध्यक्षः धनजन राई काँग्रेस

उपाध्यक्षः बिना राई काँग्रेस

१७ सोलु दूधकुण्ड नगरपालिका

मेयरः नाम्गेल जाम्बु शेर्पा काँग्रेस

उपमेयरः गान्धीमायाँ तामाङ

तेह्रथुम

१८ म्याङलुङ नगरपालिका

मेयरः सञ्जयकुमार तुम्बाहाङफे एमाले

उपमेयरः जमुनादेवी सुवेदी एमाले

१९,फेदाप गाउँपालिका

अध्यक्षः केशवप्रसाद भेटवाल काँग्रेस

उपाध्यक्षः सुनिता पाहिम माओवादी

२०, आठराई गाउँपालिका

अध्यक्षः दिलकुमार पाहिम काँग्रेस

उपाध्यक्षः बलिराज इङ्नाम माओवादी

२१,छथर गाउँपालिका

अध्यक्षः सन्तवीर लिम्बु एमाले

उपाध्यक्षः टेकराज लिम्बु एमाले

२२, मेन्छ्यायेम गाउँपालिका

अध्यक्षः यादवबहादुर खापुङ एमाले

उपाध्यक्षः गितादेवी तिम्सिना काँग्रेस

२३ लालीगुराँस नगरपालिका

मेयरः अर्जुन माबोहाङ कांग्रेस

उपमेयरः जमुना मगर कार्की काँग्रेस

खोटाङ

२४ ऐसेलुखर्क गाउँपालिका

अध्यक्षः गिरेन्द्रबहादुर राई एमाले

उपाध्यक्षः राजेशकुमार भण्डारी काँग्रेस

२५ केपिलासगढी गाउँपालिका

अध्यक्षः समिर राई काँग्रेस

उपाध्यक्षः गुरुराज राई एकीकृत समाजवादी

२६ बराहापोखरी गाउँपालिका

अध्यक्ष : शालिकराम बन्जरा काँग्रेस

उपाध्यक्षः भुवलराज राई एकीकृत समाजवादी

२७ जन्तेढुङ्गा गाउँपालिका

अध्यक्षः अरूणादेवी राई माओवादी

उपाध्यक्षः खेमबहादुर खड्का काँग्रेस

२८ साकेला गाउँपालिका

अध्यक्षः रविप्रकाश राई काँग्रेस

उपाध्यक्षः बिर्सिका राई माओवादी

२९ रावावेशी गाउँपालिका

अध्यक्षः फटिककुमार श्रेष्ठ काँग्रेस

उपाध्यक्षः कौशिलाकुमारी गुरुङ एमाले

३० खोटेहाङ गाउँपालिका

अध्यक्षः उदिनबहादुर राई माओवादी

उपाध्यक्ष रुपेश राई काँग्रेस

३१ दिप्रुङ चुईचुम्मा गाउँपालिका

अध्यक्षः लोकेन्द्र राई एमाले

उपाध्यक्षः अरुणा थापा एमाले

३२ हलेसी तुवाचुङ नगरपालिका

मेयरः विमला राई कांग्रेस

उपमेयरः रमेशकुमार राउत काँग्रेस

३३ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

मेयरः तिर्थराज भट्टराई काँग्रेस

उपमेयरः विशन राई माओवादी

धनकुटा

३४ चौबिसे गाउँपालिका

अध्यक्षः राजकुमार लिम्बू एमाले

उपाध्यक्षः टंकमाया पाङमी एमाले

३५ सागुरीगढी गाउँपालिका

अध्यक्षः जितेन्द्र राई काँग्रेस

उपाध्यक्षः मुना राई एमाले

३६, छथर जोरपाटी

अध्यक्षः छत्रबहादुर लिम्बु काँग्रेस

उपाध्यक्षः गीता गुरुङ माओवादी

३७ पाख्रिबास नगरपालिका

मेयरः ज्ञानबहादुर गुरुङ काँग्रेस

उपमेयरः नम्रता गौतम एमाले

३८ धनकुटा नगरपालिका

मेयरः चिन्तन तामाङएमाले

उपमेयरः भीमादेवी खनाल एमाले

३९महालक्ष्मी नगरपालिका

मेयरः ध्रुवराज राया काँग्रेस

उपमेयरः मन्जुकुमारी कार्की एमाले

४० सहिदभूमि गाउँपालिका

अध्यक्षः मनोज राई एमाले

उपाध्यक्षः रत्नेश्वरी राई एमाले

ताप्लेजुङ

४१ मेरिङदेन गाउँपालिका

अध्यक्षः युक हाङविर हाङ्गाम अध्यक्ष

उपाध्यक्षः दुर्गाप्रसाद चोङबाङ एकीकृत समाजवादी

४२ फक्ताङलुङ गाउँपालिका

अध्यक्षः मा राजन लिम्बूले माओवादी

उपाध्यक्षः रबिन साम्रा लिम्बू काँग्रेस

४३ मैवाखोला गाउँपालिका

अध्यक्षः विजयप्रकाश वनेम माओवादी

उपाध्यक्षः कमलकुमारी लिम्बू काँग्रेस

४४ मिक्वाखोला गाउँपालिका

अध्यक्षः भक्तबहादुर कार्की काँग्रेस

उपाध्यक्षः डण्डु शेर्पा माओवादी

४५सिदिङ्वा गाउँपालिका

अध्यक्षः मानबहादुर राई एमाले

उपाध्यक्षः कृष्णकुमारी कडरिया माओवादी

४६ फुङलिङ नगरपालिका

मेयरः अमिर मादेन काँग्रेस

उपमेयरः भीमादेवी ओझा एमाले

४७आठराई त्रिवेणी गाउँपालिका

अध्यक्षः दिपेन्द्र पोमु

उपाध्यक्षः शान्ताकुमारी आङबुहाङ एमाले

४८ सिरिजंघा गाउँपालिका

अध्यक्षः लालकृष्ण चौहान काँग्रेस

उपाध्यक्षः चित्रकुमार लिम्बू माओवादी

४९ पाथिभरा याङवरक गाउँपालिका

अध्यक्षः केशरकुमार सुब्बा एमाले

उपाध्यक्षः रत्नमाया गुरुङ एमाले

ओखलढुंगा

५०चिसंखुगढी गाउँपालिका

अध्यक्षः निशान्त शर्मा माओवादी

उपाध्यक्षः सन्तोषबाबु थापा काँग्रेस

५१ मानेभञ्ज्याङ गाउँपालिका

अध्यक्षः ज्ञानेन्द्र रुम्दाली स्वतन्त्र

उपाध्यक्षः आश्रचन राई काँग्रेस

५२०चम्पादेवी गाउँपालिका

अध्यक्षः नवराज केसी काँग्रेस

उपाध्यक्षः दिलमाया मगर एमाले

५३ मोलुङ गाउँपालिका

अध्यक्षः उत्तम राई एमाले

उपाध्यक्षः उर्मिला खतिवडा एमाले

५४खिजिदेम्बा गाउँपालिका

अध्यक्षः गम्बु शेर्पा जसपा

उपाध्यक्षः सुशिला तामाङ काँग्रेस

५५ सिद्धिचरण नगरपालिका

मेयरः तेजन खनाल काँग्रेस

उपमेयरः केदारबाबु बस्नेत एमाले

५६ लिखु गाउँपालिका

अध्यक्षः अशोककुमार कार्की काँग्रेस

उपाध्यक्षः अस्मिता थापा एमाले

५७ सुनकोशी गाउँपालिका

अध्यक्षः कमल तामाङ काँग्रेस

उपाध्यक्षः सुनिता अधिकारी काँग्रेस

संखुवासभा

५८ खाँदवारी नगरपालिका

मेयरः महेश थपलिया काँग्रेस

उपमेयरः महेश्वरा श्रेष्ठ एमाले

५९ सभापोखरी गाउँपालिका

अध्यक्षः भीमबहादुर लिम्बू काँग्रेस

उपाध्यक्षः लक्ष्मी चापागाईं एकीकृत समाजवादी

६० सिलिचोङ गाउँपालिका

अध्यक्षः भूपाल राई काँग्रेस

उपाध्यक्षः देविता राई काँग्रेस

६१ मकालु गाउँपालिका

अध्यक्षः वाङ्दिछिरिङ शेर्पा काँग्रेस

उपाध्यक्षः मनकला राई माओवादी

६२, धर्मदेवी नगरपालिका

मेयरः उदयचन्द्र पौडेल एमाले

उपमेयरः तारा महत काँग्रेस

६३, मादी नगरपालिका

मेयरः जीवन लिङ्थेप एमाले

उपमेयरः सुनितादेवी भट्टराई एमाले

६४, पाँचखपन नगरपालिका

मेयरः विपिन राई काँग्रेस

उपमेयरः सुमुना श्रेष्ठ एकीकृत समाजवादी

६५, भोटखोला गाउँपालिका

अध्यक्षः वाङ्छेदर लामा एमाले

उपाध्यक्षः सहाना लामा एमाले

६६, चिचिला गाउँपालिका

अध्यक्षः पासाङ नोर्बु शेर्पा काँग्रेस

उपाध्यक्षः मनकला राई काँग्रेस

६७, चैनपुर नगरपालिका

मेयरः कृष्णकुमार तामाङ एमाले

उपमेयरः एलिना श्रेष्ठ एमाले

पाँचथर

६८, कुम्मायक गाउँपालिका

अध्यक्षः बमप्रसाद लावती काँग्रेस

उपाध्यक्षः महेन्द्रबहादुर खड्का माओवादी

६९, फालेलुङ गाउँपालिका

अध्यक्षः वीरबिक्रम थाम्सुहाङ काँग्रेस

उपाध्यक्षः महेन्द्रहाङ जबेगु माओवादी

७०, हिलिहाङ गाउँपालिका

अध्यक्षः समरबहादुर अधिकारी काँग्रेस

उपाध्यक्षः सुमित्रा उप्रेती सेढाइँ एमाले

७१ फाल्गुनन्द गाउँपालिका

अध्यक्षः वृजहाङ आङदेम्बे काँग्रेस

उपाध्यक्षः ठाकुरसिंह नेम्वाङ माओवादी

७२, मिक्लाजुङ गाउँपालिका

अध्यक्षः अमरराज माखिम माओवादी

उपाध्यक्षः सन्तकुमार शेर्मा काँग्रेस

७३, तुम्बेवा गाउँपालिका

अध्यक्षः बाबुराम खड्का काँग्रेस

उपाध्यक्षः खड्गसुन्दर सम्बाहाम्फे माओवादी

७४, फिदिम नगरपालिका

मेयरः मित्रप्रसाद काफ्ले काँग्रेस

उपमेयरः राधाकृष्ण न्यौपाने माओवादी

७५, याङवरक गाउँपालिका

अध्यक्षः भीमबहादुर योङ्या एमाले

उपाध्यक्षः बाबा मेयाङ्बो एमाले

इलाम

७६, माङसेबुङ गाउँपालिका

अध्यक्षः हेमन्त राई एमाले

उपाध्यक्षः विनोदकुमार नेम्बाङ जसपा

७७, सन्दकपुर गाउँपालिका

अध्यक्षः तुलाराम गु्रुङकाँग्रेस

उपाध्यक्षः हरिबहादुर लुंगेली एकीकृत समाजवादी

७८, चुलाचुली गाउँपालिका

अध्यक्षः राजेन्द्र केरुङ काँग्रेस

उपाध्यक्षः दिलकुमारी लिम्बू एमाले

७९, माई नगरपालिकाः

मेयरः खम्बासिहं लिम्बू एमाले

उपमेयरः हिमा भण्डारी एमाले

८०,  माईजोगमाई गाउँपालिका

अध्यक्षः कुशबहादुर थेवेएमाले

उपाध्यक्षः प्रविना राई काँग्रेस

८१, देउमाई नगरपलिका

मेयरः सुर्यप्रसाद पोखरेल एमाले

उपमेयरः पविमाया राई एमाले

८२, इलाम नगरपालिका

मेयरः केदार थापा काँग्रेस

उपमेयरः विष्णुकुमारी लिम्बू काँग्रेस

८३, रोङ गाउँपालिका

अध्यक्षः मणिकुमार स्याङ्बो काँग्रेस

उपाध्यक्षः विष्णुमाया भुजेल एमाले

उदयपुर

८४, लिम्चुङबुङ गाउँपालिका

अध्यक्षः मेजरकुमार राई माओवादी

उपाध्यक्षः पुष्पलाल राई काँग्रेस

८५, ताप्ली गाउँपालिका

अध्यक्षः ढुंगराज विश्वकर्मा माओवादी

उपाध्यक्षः धनमाया मगर काँग्रेस

८६, उदयपुरगढी गाउँपालिका

अध्यक्षः मानबहादुर क्याप्छाकी मगर एकीकृत समाजवादी

उपाध्यक्षः जीतबहादुर खड्का काँग्रेस

८७, रौतामाई गाउँपालिका

अध्यक्षः विरेन्द्रकुमार मगर माओवादी

उपाध्यक्षः भूपिन्द्रबहादुर थापा काँग्रेस

८८, चौदण्डीगढी नगरपालिका

मेयरः कालुमान लामा एमाले

उपमेयरः मणिकादेवी दुलाल एमाले

८९, बेलका नगरपालिका

मेयरः अशोक कार्की काँग्रेस

उपमेयरः जिरा राई एमाले

मोरङ

९०, मिक्लाजुङ गाउँपालिका

अध्यक्षः बबिकुमार राई काँग्रेस

उपाध्यक्षः दिनेश पौडेल माओवादी

९१, कानेपोखरी गाउँपालिका

अध्यक्षः राजमति इङ्नाम एमाले

उपाध्यक्षः भोलाप्रसाद अधिकारी एमाले

९२, लेटाङ नगरपालिका

मेयरः भूपेन्द्रकुमार लावती एमाले

उपमेयरः कृष्णकुमारी निरौला एमाले

९३, सुनवर्षी नगरपालिका

मेयरः श्यामप्रसाद राजवंशी एमाले

उपमेयर मिरादेवी दास एमाले

९४, बुढिगंगा गाउँपालिका

अध्यक्षः जीतनारायण थापा काँग्रेस

उपाध्यक्षः अमृताकुमारी गच्छदार काँग्रेस

९५ , जहदा गाउँपालिका

अध्यक्षः जितेन्द्रप्रसाद साह काँग्रेस

उपाध्यक्षः हन्ना सोरेन काँग्रेस

९६, कटहरी गाउँपालिका

अध्यक्षः देवराज चौधरी काँग्रेस

उपाध्यक्षः सितादेवी राजवंशी एमाले

९७, केराबारी गाउँपालिका

अध्यक्षः सुमन मिरिङचिङ मगर एमाले

उपाध्यक्षः मनमाया मगर एमाले

९८, रतुवामाई नगरपालिका

मेयर नागेश्वर प्रसाद सिंह गंगाई काग्रेस

उपमेयर दमयन्ता देवी चुडाल एमाले

९९, धनपालथा गाँउपालिका

अध्यक्ष जिवछ प्रसाद गच्छदार काग्रेस

उपाध्यक्ष नसीमा वानो काग्रेस

सुनसरी

१००, देवानगन्ज गाउँपालिका

अध्यक्षः वेचनप्रसाद मेहता जसपा

उपाध्यक्षः कुमारी विभा यादव काँग्रेस

१०१, गढी गाउँपालिका

अध्यक्षः आशनारायण चौधरी एमाले

उपाध्यक्षः अनिताकुमारी साह एमाले

१०२, भोक्राहा नरसिंह गाउँपालिका

अध्यक्षः अजमल अख्तर मिया काँग्रेस

उपाध्यक्षः सुनिताकुमारी उरावँ काँग्रेस

झापा

१०३, भद्रपुर नगरपालिका

मेयरः गणेश पोखरेल काँग्रेस

उपमेयरः राधा कार्की राप्रपा

१०४, कनकाई नगरपालिका

मेयरः राजेन्द्रकुमार पोखरेल एमाले

उपमेयरः आशा शिवाकोटी काँग्रेस

१०५ बाह्रदशी गाउँपालिका

अध्यक्षः देविन्द्रप्रसाद चम्लागाइँ एमाले

उपाध्यक्षः शान्तादेवी शिवाकोटी एमाले

१०६,हल्दिबारी गाउँपालिका

अध्यक्षः रविन्द्र लिङदेन राप्रपा

उपाध्यक्षः लक्ष्मीदेवी मैनाली राप्रपा

१०७,कचनकवल गाउँपालिका

अध्यक्षः कालेन्द्रप्रसादसिंह राजवंशी काँग्रेस

उपाध्यक्षः नवराज भट्टराई एमाले