काठमाण्डु – प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले चैत्र २३ गते प्रदेशसभाको बैठक बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिएको जानकारी दिए । साथै माओवादीले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव पनि फिर्ता लिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेपछि विभाजित बनेको तत्कालिन नेकपाको प्रचण्ड–माधव समूहले पुस १२ गते प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेको माधव कुमार नेपाल समूहका १६ जना सांसदले भने मंगलबार नै उक्त प्रस्ताव फिर्ता लिइसकेका छन् ।




प्रतिक्रिया