मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने, मन्त्रालय संख्या ११ पुर्‍याउने तयारी

मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने, मन्त्रालय संख्या ११ पुर्‍याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी गरेका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले अब बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् । प्रदेश सभा बैठक यहि कात्तिक ३० गते बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका थिए ।यसअघि कात्तिक २३ गतेका लागि डाकिएको प्रदेशसभाको बैठक मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रीमण्डल विस्तार गर्ने बताएपछि प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको थियो ।

उनले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । प्रदेश १ मा हाल ७ वटा मन्त्रालय छ । तर गठबन्धनमा मन्त्री बन्ने आकांक्षी धेरै देखिएका छन् । मन्त्री बन्ने दौडमा माओवादी केन्द्रबाट झलकसिंह दर्लामी, रामकुमार राई, धीरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठ छन् ।

त्यस्तै नेपाली काँग्रेसबाट ओमप्रकाश सराबगी, प्रकाशप्रताप हाङ्गाम, बिन्दिया कार्की, शेखरचन्द्र थापा मन्त्री बन्ने दौडमा छन् । सरकारको नेतृत्व गरेको पार्टी नेकपा एकीकृत समाजवादीबाट सरिता थापा, उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बू मन्त्री बन्ने लाइनमा छन् ।

मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाएर भएपनि ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी भइरहेको मुख्यमन्त्री राईले बताए ।