प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार संविधानको धाारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुखको आह्वानलगत्तै पाँच दलीय गठबन्धनबाट नेता राईले ४९ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री राईको शपथ आजै दिउँसो ३ बजे हुने भएको छ । राईले चार पार्टीबाट एक–एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेको बताइएको छ ।

प्रदेश १ मा मुख्यमन्त्रीमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सात मन्त्रालय रहेको छ । गठबन्धनमा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मोर्चा रहेका छन् ।

कांग्रेस र माओवादी केन्द्रले बढीमा दुई–दुई मन्त्रालय पाउँने सम्भावना छ । ठूला दलका हैसियतमा उनीहरुले बढीमा दुई मन्त्रालय र अन्य साना दलले एक–एक मन्त्रालय पाउँन सक्ने छन् ।