राजेन्द्र राईले मुख्यमन्त्रीको सपथ लिंदै, चार दलबाट एक/एक जनालाई मन्त्री बनाउने तयारी

राजेन्द्र राईले मुख्यमन्त्रीको सपथ लिंदै, चार दलबाट एक/एक जनालाई मन्त्री बनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ मा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछ । मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि रिक्त पदमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई नियुक्त गर्न लागेका हुन् । प्रदेश प्रमुख प्यासीले दिउँसो २ बजेपछि राईको शपथ कार्यक्रम तय गरेका छन् ।

प्यासीले सोमबार रिक्त पदमा बहुमत सांसदसहितको दाबी पेस गर्न आज १ बजे सम्मको समय तोकेका थिए । उनले सूचना जारी गरेको केहीबेरमै जनता समाजवादी पार्टीका नेता राजेन्द्र राईले बहुमत सांसदको हस्तारक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

नयाँ सरकार बनाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका गरी जम्मा ४९ जना सांसदले हस्ताक्षरसहितको पत्र बुझाएका थिए । नयाँ सरकार गठनका लागि ४७ जनाको मत आवश्यक पर्छ । राईले मुख्यमन्त्रीको सपथ लिएलगतै तत्काल मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ ।

राई नेतृत्वको सरकारमा गठबन्धनका चार पार्टीबाट एक÷एक जना नेतालाई मात्रै मन्त्री बनाउने तयारी गरिएको छ । राई निटक एक सांसदले भने, ‘चार पार्टीबाट एक÷एक जनाले मन्त्रीको शपथ लिएपछि मन्त्रिपरिषद्लाई विस्तारै पूर्णता दिने तयारी छ ।’

सोमबार विश्वासको मत लिने तयारी गरेका आचार्यले प्रदेशसभामा मत विभाजन हुनुअघि नै प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्य सरकारबाट बाहिरिएलगत्तै नेकपा एमाले अब केन्द्रदेखि प्रदेशसम्म पूर्ण प्रमुख प्रतिपक्ष भएको छ ।