काठमाण्डु – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले संवैधानिक प्रावधानअनुसार बुधबार विश्वासको मत लिएका हुन् ।
प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।
उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् । मुख्यमन्त्री राउतले दुई तिहाईको समर्थन पाएसँगै उनी नेतृत्वका सरकार सुरक्षित भएको छ ।




प्रतिक्रिया