लोक सेवा आयोगको सदस्य देव र झाले लिए सपथ

लोक सेवा आयोगको सदस्य देव र झाले लिए सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – प्रदेश २ सरकारले प्रदेश लोक सेवा आयोगको सदस्यमा दुई जनालाई नियुक्त गरेको छ ।

डाक्टर सुजाता देव र महारुद्र झालाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सोमबार एक समारोहबीच सपथ ग्रहण गराएसँगै उनीहरु आयोगका सदस्य भएका छन् । प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवको सपथ ग्रहण यसअघि नै भइसकेको छ ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज यादव, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय, प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादव, नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झासहितको उपस्थिति रहेको थियो ।