प्रदेश २ : जसपाका दुई मन्त्रीले दिए राजीनामा

प्रदेश २ : जसपाका दुई मन्त्रीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश २ सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका हुन् । स्रोतका अनुसार उनीहरु दुबै जनाले मुख्यमन्त्री राउतलाई राजीनामा बुझाईसकेका छन् ।

यसैबीच मुख्यमन्त्री राउतले आज शनिवार माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । पहिलेदेखि दुईवटा मन्त्रालय मात्र लिएर प्रदेश सरकारमा सहभागी हुने अडानमा रहेको माओवादी केन्द्र एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो ।

प्रदेश सरकारमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्रीको रुपमा प्रदेश सरकारमा सहभागी हुने भएका छन् ।