प्रदेश २ः माओवादी संसदीय दलको नेतामा भरत साह

प्रदेश २ः माओवादी संसदीय दलको नेतामा भरत साह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – नेकपा माओवादी केन्द्र प्रदेश २ को संसदीय दलको नेतामा भरत साह चयन भएका छन् ।

माओवादी पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा साह, उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र रुबी कर्णलाई सचेतकमा चयन गरेको प्रमुख सचेतक साहले जानकारी दिए ।

त्यस्तैै बैठकले एमालेमा लागेका रामचन्द्र मण्डल, कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारीलाई कारबाही गर्ने निर्णय गरेको छ । मण्डल यसअघि माओवादी संसदीय दलको नेता रहेका थिए । तर ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनी प्रधानमन्त्री ओलीको खेमामा लागेका थिए ।

उनीहरुलाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारी पार्टीले गरेको छ । प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् ।