प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी, दुई मन्त्रीले लिए सपथ

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी, दुई मन्त्रीले लिए सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लिँदै माओवादी केन्द्र प्रदेश २ सरकारमा आज सहभागी भएको हो । सरकारमा सहभागी दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री बनेका भरतप्रसाद साह र रुबी कर्णले राज्यमन्त्रीको शपथ लिएका हुन् । शनिबार प्रदेश प्रमुख डा. राजेश अहिराजले मन्त्री साहलाई र मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्री कर्णलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टी (जसपा)का मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले आजै राजिनामा दिएका थिए।