प्रदेश २: माओवादीका ४ सांसद बर्खास्त

प्रदेश २: माओवादीका ४ सांसद बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा लागेका प्रदेश २ का चारजना सांसदलाई बर्खास्त गरेको छ ।

माओवादीको केन्द्रीय समितिले बैठकले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेको पत्र प्रदेश सभालाई बुझाएको हो ।

उनीहरुलाई पार्टीले २४ घण्टे स्पष्टिकरण सोधेपनि नदिएका कारण पार्टीले ४ सांसदलाई बर्खास्त गरेको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।