नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी, मन्त्रीद्वय महतो र यादवले लिए शपथ

नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी, मन्त्रीद्वय महतो र यादवले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी भएको छ । दुई मन्त्रालय लिएर  नेकपा एस मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी भएकाे हाे ।

नेकपा एस संसदीय दलका नेता शत्रुधन महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रमोद यादवले कानून, न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उनीहरुले आजै मन्त्रीको शपथ लिइसकेका छन । आइतबार बिहान मधेस भवनमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त दुबै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एसको प्रदेशसभामा १३ सांसद छन् । यसअघि नै नेकपा एसलाई सरकारमा ल्याउने प्रयास भएको थियो । तर मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा नेकपा एस सरकारमा गएको थिएन । सहमति जुटाउन नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेट्न मुख्यमन्त्री लालबाबु राउत काठमाण्डु नै आएका थिए ।

काठमाण्डुमा भएको सहमति अनुसार नेकपा एसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री राउतले मन्त्री रामनरेश रायलाई पदबाट हटाएका थिए । तत्कालीन राजपाको कोटाबाट मन्त्री बनेका राय जसपा फुटेर लोसपा बने पनि पद जोगाउनकै लागि उनी जसपामै बसेको चर्चा थियो । तर अन्ततः उनले पद गुमाउनु परेको छ ।