काठमाण्डु – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
सोमबार लालगढमा बसेको नेकपा एसको प्रदेश कमिटी बैठकले मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
सो बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ । संसदीय दलको नेतामा महतोलाई चयन गरिएसँगै प्रदेश सरकारमा सहभागी हुने निर्णय गरिएको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।
त्यस्तै बैठकले वडा, पालिका र जिल्ला स्तरसम्म सशक्त ढंगले संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ ।




प्रतिक्रिया