राष्ट्रपति, प्रधानमन्त्रीलाई अपशब्द प्रयोग गर्नेले ममाथि अविश्वासको प्रस्ताव ल्याउनु नौलो कुरा होइनः नेता मण्डल

राष्ट्रपति, प्रधानमन्त्रीलाई अपशब्द प्रयोग गर्नेले ममाथि अविश्वासको प्रस्ताव ल्याउनु नौलो कुरा होइनः नेता मण्डल

प्रदेश २ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरेको हो ।

प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले नेता मण्डललाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव समेत दर्ता गरिएको जानकारी दिए ।

महतोका अनुसार नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । ३२ मध्ये २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड–नेपाल पक्षको दाबी छ । उनले आइतबार बस्ने संसदीय दलको बैठकले मण्डललाई पदबाट हटाउने तयारी गरेको बताए ।

यता संसदीय दलका नेता मण्डलले भने आफूले अविश्वासको प्रस्तावलाई सामान्य रूपमा लिएको बताए । उनले प्रचण्ड र नेपालले पार्टी फुटाएर भाँडभैलो मच्चाउन उद्यत रहेकाले यसलाई सामान्य रूपमा लिनुपर्ने जिकिर गरे ।

‘जब त पार्टी नै फुटिसक्यो । प्रचण्ड–माधव नेपालहरूले विदेशीको इशारामा भाँडभैलो मच्चाइरहेका छन् । राष्ट्रपति, प्रधानमन्त्रीलाई अपशब्द प्रयोग गरिरहेका छन्, ममाथि अविश्वासको प्रस्ताव ल्याउनु के नौलो कुरा भयो र ।’ उनले भने ।