नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश २ सरकारले स्वागत नगर्ने

नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश २ सरकारले स्वागत नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई प्रदेश २ सरकारले स्वागत नगर्ने भएको छ ।

दलित समुदायका तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर उच्च जातिका झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको भन्दै नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वीकार नगर्ने भएको हो ।

प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र साहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ सरकारलाई कमजोर गर्न र बदनाम गराउने नियतले यस्ता गतिविधिहरु गरिरहेको भन्दै प्रदेश प्रमुखलाई आफूहरुले स्वागत नगर्ने प्रतिक्रिया दिए ।

अहिले नेकपाभित्रको झगडाका कारण परियारलाई हटाएर प्रधानमन्त्री ओलीले आफू निकटका राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख झा आज ४ बजे जनकपुर पुग्दैछन् । एयरपोर्टबाट सिधै उनी जानकी मन्दिर गएर पूजापाठ गर्नेछन् । त्यसपछि उनी मधेश भवन (प्रदेश सरकारको मुख्यालय) जाने तयारी छ ।