जनकपुर – प्रदेश–२ मा नेकपा एमालेका थप दुई जना सांसदले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेका छन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन् । आज दुई जना थपिएसँगै एमालेबाट निर्वाचित २१ जना सांसदमध्ये १३ जनाले एस रोजेका छन् भने ८ जना एमालेमै रहने भएका छन् ।
नेकपा एस रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव सुन्दर विश्वकर्मा, सीता गुरुङ रहेका छन् ।




प्रतिक्रिया