प्रदेश तीनको स्थायी राजधानी हेटौंडा, धुलिखेलको विपक्षमा १०१ मत खस्याे

प्रदेश तीनको स्थायी राजधानी हेटौंडा, धुलिखेलको विपक्षमा १०१ मत खस्याे


काठमाडौं – लामो समयको रस्साकस्सीपछि प्रदेश ३ को स्थायी राजधानी टुंगो लागेको छ । प्रदेश ३ को प्रदेशसभामा आइतबार सम्पन्न मतदानबाट स्थायी राजधानी हेटौंडा कायम भएको हो । प्रदेशसभामा भर्खरै सम्पन्न मतदानबाट स्थायी राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत आएको हो भने काभ्रेको धुलिखेलमा ३ मत आएको छ ।

प्रदेशसभामा १३ जिल्ला मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखाका गरी १ सय १० जना प्रदेश सभासदस्य रहेका छन् ।

प्रदेश–३ मा पहिलो हुने निर्वाचनबाट निर्वाचितबाट ६६ जना, समानुपातिकबाट ४४ जना, दलगततर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, कांग्रेसबाट २२ जना, विवेकशीलबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा संयुक्तबाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको छ ।

यसअघि धुलिखेलको लागि भएको मतदानमा १०१ विपक्षमा र काभ्रेको पक्षमा ३ मत आएको थियो । स्वतन्त्र सांसद प्रेम तामाङले भने नाम र राजधानी दुवैमा भोट हालेनन् ।