प्रदेश ३ मा कार्यरत कर्मचारीलाई थप एक महिनाको तलब दिइने

प्रदेश ३ मा कार्यरत कर्मचारीलाई थप एक महिनाको तलब दिइने


काठमाडौं – प्रदेश ३ सरकारले प्रदेशमा कार्यरत कर्मचारीलाई थप एक महिनाको तलब सुविधा दिने भएको छ ।

प्रदेश सरकारमा तीन महिना काम गरेका कर्मचारीलाई थप प्रोत्साहित गर्न एक महिनाको बराबरको रकम दिने भएको हो ।

साथै वृद्धि भएको तलब साउन १ देखि लागू हुने गरी प्रदेश सरकारले आइतबार प्रस्तुत बजेटमार्फत घोषणा गरेको हो । प्रदेश सरकारको बजेटमा प्रदेश निजामती सेवा पुरस्कारका लागि समेत रकम छुट्याइएको छ ।