काठमडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै राख्ने निर्णय गरेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।
प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच २ वर्षदेखि कुरा नमिल्दा मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएका थिए ।
दुई तिहाई नेकपाको बहुमत भएको प्रदेश ३ मा राजधानी काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच विवाद हुँदै आइरहेको थियो ।




प्रतिक्रिया