जनकपुर – प्रदेश २ सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बकर इदको अवसरमा सबैमा इदको शुभकामना दिँदै साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिएका हुन् ।
शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।
प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन ।





प्रतिक्रिया