सुरक्षा

प्रदेश प्रहरी प्रमुखमा डीआईजी : समायोजन भएर जाने प्रहरीको २ ग्रेड बढ्ने

काठमाडौं – प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुनेगरी प्रहरी समायोजन विधेयक पारित भएको छ ।

dish home

प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको विधेयकले यस्तो व्यवस्था गरेको हो । विधेयक पारित भएसँगै अब प्रदेशमा समायोजन भएर जाने प्रहरीको पनि दुई तह ग्रेड वृद्धि हुने भएको छ ।

‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्दै गृहमन्त्री रामबहादुर थापाले प्रहरीको मनोबल बढाउन प्रदेशमा जाने प्रहरीको ग्रेड वृद्धिको व्यवस्था गरिएको बताए ।

यस्तै, विधेयकले प्रदेश प्रहरी प्रमुख (डीआईजी) पनि प्रहरी प्रमुख (आईजी) हुन पाउने बाटो खुला गरिएको छ । अहिले समायोजन भएर जाने प्रहरी बढुवा भएर माथि आउन सक्ने तर प्रदेशबाट नियुक्ति हुन थालेपछि भने केही प्रतिशत मात्र पदोन्नति भएर माथि आउन सक्ने छन् ।

यस्तै विधेयकले प्रदेश प्रहरीको पोसाक सबै प्रदेशको एउटै रहने पनि उल्लेख छ । तर पोशाकसँगै सम्बन्धित प्रदेशले आफ्नो संस्कृति झल्कने खालका लोगो भने लगाउन पाउने उल्लेख छ ।

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top